छोरीले गरिन् बुबाको क्रिया:
विश्वनाथको सोलमारीमा
छाेरा छोरी बराबर हुन् भन्ने विषयलाई कर्मले पालन गर्दै
छोरीले गरिन् आफ्ना बुबाको क्रिया।
विश्वनाथको सोलमारी निवासी कुञ्जलता देवीले आफ्ना दिवंगत बुबाको किरिया गरी सामाजिक मान्यतालाई चुनौती दिएकी छन्।
कुञ्जलता देवीका बुबा लामो समयदेखि क्यान्सर जस्तो गम्भीर समस्याबाट पीडित भएकाले उपचारका क्रममा उनको असामयिक निधन भएको थियो। परिवारको एकमात्र सहारा बुबालाई गुमाउनु पर्दा, कुञ्जलताको परिवार शोकमा छ। तर उनले बुबाप्रतिको आफ्नो दायित्व पनि पूरा गरिन्।
घरको एकमात्र सहरा बुबाको क्यान्सर जस्तो गम्भीर रोगमा परलोक प्राप्ति भएकाले अहिले शोकमा परेको छ कुञ्जलता देवीको परिवार।
समाजमा स्थापित परम्परागत धारणालाई बदल्दै, छोरीले बुबाको किरिया गर्नुपर्छ भन्ने उदाहरण उनले प्रस्तुत गरेकी छिन्।
कुञ्जलता देवीका परिवार तथा त्यहाँको समाजले उनको यो निर्णयलाई पूर्ण समर्थन गरेका छन्। सामाजिक र धार्मिक मान्यतामा परम्परागत रुपमा किरियाको दायित्व छोराले मात्र निर्वाह गर्नुपर्छ भन्ने मान्यता रहेको भए पनि कुञ्जलताले यो कर्तव्य निर्वाह गरी समानताको सन्देश फैलाएकी छिन्।
समाजमा लैंगिक समानताको विषयमा भएको यस कार्यको निकै सराहना भइरहेको छ।
कुञ्जलता देवीको यो कार्य मात्र धार्मिक वा पारिवारिक जिम्मेवारीको कुरा नभएर सामाजिक परिवर्तनको संकेत हो भनी विभिन्न जनले भनेका छन्।
Post a Comment