राज्यरीमा आठौँ स्थान: सुनिल ढकालको उत्कृष्ठ सफलता

राज्यरीमा आठौँ स्थान: सुनिल ढकालको उत्कृष्ठ सफलता

असम राज्यको डिब्रुगढस्थित प्रतिष्ठित शिक्षण संस्था क्यारियर पोइन्टमा अध्ययनरत तिनसुकिया जिल्लाको रामपुर ६ मैल, जागुन निवासी सुनिल ढकालले शैक्षिक क्षेत्रमा अत्यन्तै प्रेरणादायी सफलता प्राप्त गर्नुभएको छ। उहाँले हालै सम्पन्न भएको CEE (Combined Entrance Examination) 2025 मा उत्कृष्ट प्रदर्शन गर्दै सम्पूर्ण राज्यभरबाट ८औं स्थान हासिल गर्नुभएको छ, जुन उपलब्धि गौरवको विषय मात्र नभई सम्पूर्ण गोर्खा समुदायका लागि विशेष गर्वको क्षण बनेको छ।
सुनिलले CEE मा टप ५० भित्र आफ्नो स्थान सुरक्षित गर्नुका साथै, देशभरका प्रतिस्पर्धीहरूमाझ आफ्नो क्षमताको उच्च प्रमाण प्रस्तुत गर्नुभएको छ। यसका साथै, उहाँले JEE Main परीक्षामा 99.2087 पर्सेन्टाइल स्कोर गर्नु भएको छ, जुन उहाँको दीर्घ मेहनत, समर्पण र निरन्तर अभ्यासको परिणाम हो। यति मात्र होइन, असम उच्चतर माध्यमिक शिक्षा परिषद् (AHSEC) द्वारा हालै सार्वजनिक गरिएको १२ कक्षाको परीक्षामा समेत उहाँले ९०.८% अंक हासिल गर्दै पुनः एकपटक आफ्नो शैक्षिक उत्कृष्टता पुष्टि गर्नुभएको छ।
उहाँको यस्तो उपलब्धि केवल व्यक्तिगत सफलतामा सीमित छैन; यो त सम्पूर्ण समुदाय, विशेषगरी ग्रामीण तथा पिछडिएको क्षेत्रका विद्यार्थीहरूका लागि एक प्रेरणादायी उदाहरण हो। सुनिलको यो शैक्षिक यात्रा देखाउँछ कि समर्पण, अनुशासन र निरन्तर प्रयासद्वारा जुनसुकै पृष्ठभूमिबाट पनि असाधारण सफलता प्राप्त गर्न सकिन्छ।
वर्तमान समयमा जहाँ प्रतिस्पर्धा अत्यधिक छ, त्यहाँ सुनिल ढकालले देखाएको आत्मविश्वास, लगनशीलता र आत्मबल अनुकरणीय छ। उहाँले प्राप्त गर्नुभएको सफलता भावी पुस्ताका विद्यार्थीहरूका लागि उज्यालो मार्गदर्शन बन्न सक्छ।

समाज, विद्यालय, अभिभावक र सम्पूर्ण गोर्खा समुदाय उहाँप्रति गर्व महसुस गरिरहेका छन्। भावी शिक्षार्थीहरूका लागि उहाँ प्रेरणाको स्रोत बन्नुहुनेछ भन्ने कुरामा कुनै शंका छैन। उहाँको आगामी शैक्षिक यात्रा झन् सफल, फलदायी र समृद्ध रहोस् भन्ने शुभकामना व्यक्त गरिन्छ।

1 Comments

Post a Comment

Post a Comment

Previous Post Next Post