प्रतिभाको खोजिमा गोर्खाली एन्टारनेइनमेन्ट वर्लडको प्रस्तुती:
गीति कोशेली प्रतियोगिता गोर्खाली ताराको पोष्टार विमोचन उदालगुडीमा:
प्रतिभा....., एउटा एस्तो चीज हो, जुन चीज हरेक व्यक्तिहरुमा हुने गर्दछ। तर..., प्रतिभा विकाश गर्ने र प्रतिभालाई जनमानस सम्म पुर्याउने सामर्थ्य प्रतिभाहरुको नहुन पनि सक्छ। ती प्रतिभाहरुलाई समाज र जातिको अमुल्य सम्पदा हो भनि जातीय संगठन, समाज तथा विभिन्न अनुष्ठानहरुले उनिहरुलाई मञ्च दिन सके उनिहरुको भित्र लुकेको प्रतिभा जनमानस सम्म उजागर गर्दै विश्वमा परिचित हुन केही समय लाग्नेछैन, त्येस्का निम्ति प्रतिभा विकाश गराउन र प्रतिभाहरुलाई परिचय दिन सक्ने सामर्थ्य अनुष्ठान-जातीय संगठन तथा समाजको हुन जरुरी देखिन्छ। वर्तमान गोर्खाली समाजमा एक छाड़ि एक प्रतिभाहरुको उदय हुँदैछ। आध्याश्रीको नृत्य प्रतिभा पस्चातै विश्व थर्काउने गोर्खाली छोरी बिनिता छेत्रीको प्रतिभालाई कस्ले जान्दैन र...? क्रिकेट जगतमा उमा छेत्रीले प्रतिभा विकाश गर्ऩ सक्षम भइन भने, फुटवलमा सुनिल छेत्रीको प्रतिभा कस्लाई थाहा छैन र...! भारतका राष्ट्रपतिको सुरक्षाको दायित्वमा रहने गोर्खाली सपुतलाई राष्ट्रलेनै प्रतिभाको परिचय दिइ सकेको छ।
एस्तै एस्तै प्रतिभाहरुको खोजी गर्ने विषयलाई मध्य नजर राख्तै हालैमा तामुलपुर जिल्लाबाट प्रतिभाको खोजी गर्ने अभियानमा उत्रिएको छ एउटा सशक्त अनुष्ठान "गोर्खाली एन्टारटेइनमेन्ट वर्ल्ड"द्वारा प्रस्तुति गीति कोशेली कार्यक्रम "गोर्खाली तारा"। हो.....सांगीतिक पक्षको प्रतिभालाई विश्वमा परिचित गराउने लक्ष लिएर गठन भएको "गोर्खाली एन्टारटेइनमेन्ट वर्ल्ड"को प्रस्तुति गीति कोशेली "गोर्खाली तारा"को पोष्टार विमोचन समारोह असार २ गते तथा 16 जुन सोमवार उदालगुडी महाविद्यालयको अडिटरियम प्रेक्षागृहमा सम्पन्न हुन्छ। उक्त सांगीतिक गीति कोशेलीको प्रचार-प्रसारका निम्ति आयोजन गरिएको एक संस्कृतिमुलक गीति कोशेली कार्यक्रम गोर्खाली तारा" को पोष्टार विमोचन गर्दछन असम नेपाली साहित्य सभा केन्द्रीय सभापति ड० चिन्तामणि शर्मा, असम गोर्खा सम्मेलन केन्द्रीय महिला प्रकोष्ठ समितिकी अध्यक्षा कल्पना शर्मा, गोर्खा उन्नयन परिषद, असमका अध्यक्ष प्रेम तामाङ, असम गोर्खा सम्मेलन उदालगुडी जिल्ला समितिका सभापति पवन लुइँटेल, आग्सु उदालगुडी जिल्ला समितिका सभापति राम छेत्री, असम नेपाली साहित्य सभा उदालगुडी जिल्ला समितिसा सभापति तिल बाहीदुर रेग्मी, महिला प्रकोष्ठ समितिकी सभीनेत्री कल्पना छेत्री, असम गोर्खा सम्मेलन महिला प्रकोष्ठ उदालगुडी जिल्ला समितिकी अध्यक्षा अञ्जु देवी लगायत जातीय संगठन र सरकारी तवरका वरिष्ठ व्यक्तित्वहरुले पोस्टर विमोचन गर्दछन। एता गोर्खाली एन्टारटेइनमेन्ट वर्ल्ड द्वारा प्रस्तुति गीति कोशेली प्रतियोगिता "गोर्खाली तारा"लाई डिजिटेल माध्यमबाट प्रचार गर्नका निम्ति तैयार गरिएको युट्युव चेनेल र फेसबुक आइ डि बिमोचन गर्दछन गोर्खा उन्नयन परिषदका अध्यक्ष प्रेम तामाङ र असम गोर्खा सम्मेलन केन्द्रीय महिला प्रकोष्ठ समितिकी अध्यक्षा कल्पना शर्माले। "गोर्खाली एन्टारनेइनमेन्ट वर्ल्ड" द्वारा प्रस्तुति गरिएको "गोर्खाली तारा"लाई परिचालना गर्न अघि बडेका प्रोजेक्ट डाइरेक्टर करण छेत्री, अध्यक्ष कृष्णराज संग्रौला, सचिव धर्मराज उपाध्याय, शिवु सोनार आदिको सफल प्रस्तुतिमा अब केहीदिन भित्रै पहिलो अडिसन कार्यक्रम शुभारम्भ हुनेछ। यसखाले प्रस्तुति अघिपछि कतै सम्पन्न भएतापनि राष्ट्रीय पर्यायमा आयोजन गरिएको यो प्रस्तुतिले गोर्खाली प्रतिभाहरु बीच सु-सम्पर्क राख्तै राष्ट्रीय पर्यायमा यसले ख्याति कमाउनेछ भन्दै गोर्खाली संघ-सँस्थाहरुले शुभेच्छा प्रदान गर्दै सहयोग अघि बड़ाउने बचन प्रदान गर्दछन।
Post a Comment