प्रेस विज्ञप्ति - असम खस महासभा

प्रेस विज्ञप्ति
केही दिनयता सामाजिक सञ्जालको दुरुपयोग गर्दै दार्जिलिङका सामसोन तामाङ (Shamson Tamang) नाम गरेका व्यक्तिले सिक्किम र पश्चिम ब‌ङ्गाल अन्तर्गत दार्जिलिङ पहाडको गोर्खा महाजाति अन्तर्गत एउटा जाति विशेषप्रति विषवमन गरेको थाहा लागेको छ। मुख्यतः गोर्खा महाजाति अन्तर्गत खसको अभिन्न अङ्गका रूपमा रहेको खस बाहुन प्रति गरिएको अभद्र र असभ्य टिप्पणीले स्थानीय सामाजिक सद्भावना र गोर्खा महाजातिमा ठुलो घात गरेको छ। यस सन्दर्भ लिएर असम खस महासभा, केन्द्रीय समितिले तीव्र विरोध गर्दछ र सिक्किम एवं पश्चिम ब‌ङ्गाल अन्तर्गत दार्जिलिङ पहाडका खस संघ संस्थासंग निरन्तर सम्पर्कमा रही योगा-योग गरि अघिबढी रहेको छ। कोई एक व्यक्तिले एउटा जात विशेषलाई आफ्नो कुत्सित भडास पोख्ने जुन दुस्साहस गरेको छ त्येस कुराको असम खस महासभाले पूर्ण संज्ञानका साथ तीव्र भत्सर्ना जनाउँदछ।

कुनै निजले भारतको संविधान र न्यायप्रणाली द्वारा प्रदत्त अधिकारको दुरुपयोग गरी कुनै जात विशेषलाई धम्क्याउने र असंवैधानिक रूपमा लाञ्छना लगाउने जुन दुष्प्रयास गरेको छ त्येसको असम खस महासभाले भत्सर्ना सहित घोर विरोध गर्दछ। यस सन्दर्भ लिएर असम खस महासभाले विभिन्न व्यक्ति, संस्था र राजनैतिक दलका सदस्यहरूमा विविध चर्चा मंथन गरि त्येस्ता असामाजिक तत्त्वहरूको जरो उखेल्न सबैको साथ सहयोगको थप अपेक्षा पनि गरि रहेको छ। यसका साथै सम्पूर्ण सिक्किम एवं पश्चिम ब‌ङ्गाल अन्तर्गत दार्जिलिङ पहाडका खस समुदायलाई यस्तो कुत्सित भावना बोकी समाज भाँड्ने क्रियाकलाप प्रति खुलेर अघि आई कडा रूपमा खण्डन र भत्सर्ना गर्नुहुनेछ भनि अनुरोध गर्दछौं। समयसमयमा यस्ता व्यक्तिद्वारा गरिने जातवादी, सम्प्रदायवादी र समुदायवादी टिप्पणी, निन्दालाई असम खस महासभाले गम्भीरताका साथ लिएको छ र यससम्बन्धमा संविधानको मर्यादाका कानुनको आयामभित्र रही उचित पाइला चालिने प्रतिबद्धता व्यक्त गर्दै समुदायका आदरणीय बन्धुबान्धवलाई धैर्य भई रहिदिने सविनय निवेदन पनि गर्दछौं।
                       *प्रेषक,*
  असम खस महासभा, केन्द्रीय समिति

0 Comments

Post a Comment

Post a Comment (0)

Previous Post Next Post