युवा स्रष्टा सम्मान प्राप्त गर्नुभएकोमा प्रकाश कुइँकेललाई हार्दिक बधाई : असम नेपाली साहित्य सभाको स्वर्ण जयन्तीको पावन अवसरमा अनेसासद्वारा युवा स्रष्टा सम्मान 2023 प्राप्त गर्नु भएकोमा मुक्तककार प्रकाश कुइँकेललाई हार्दिक बधाई एवं शुभकामना।
प्रकाश कुइँकेल
जन्ममिति - १६/०४/१९९७
जन्मस्थान - भोलाझार बङ्गालीपाडा, तामुलपुर।
शिक्षा - स्नातकोत्तर (एम.ए), डी एल एड।
साहित्यिक गतिविधि :
प्रकाशित कृति :
हुङ्कार (गजल सङ्ग्रह) 2021
मनसा (मुक्तक सङ्ग्रह) 2024
प्रकाशउन्मुख कृति:
दबिएका अनुहारहरू (उपन्यास)
रेल आयो रेल (बाल कविता सङ्ग्रह)
भुईँमान्छेको रहर (कविता सङ्ग्रह)
नेपाली र असमिया भाषाका विभिन्न पत्र पत्रिका तथा पुस्तकहरूमा विभिन्न कविता,गजल, मुक्तक तथा कथाहरू प्रकाशित।
पुरस्कारहरू :
• असम नेपाली साहित्य सभाद्वारा अनेसास स्रष्टा सम्मान 2023 प्राप्त।
• दक्षिण कोरियाद्वारा आयोजित विश्वव्यापी खुल्ला मुक्तक प्रतियोगितामा उत्कृष्ट मुक्तककका लागि सम्मानपदक प्राप्त।
• असमेली मुक्तक मञ्चको मुक्तक प्रतियोगितामा तीनचोटि विजयी द्वितीय स्थान।
• साहित्य चौतारी नेपालको मुक्तक प्रतियोगितामा पहिलो स्थान।
• साक नेपालको मुक्तक प्रतियोगितामा सान्त्वना स्थान।
• नव प्रतिभाको साहित्य उत्थान साहित्य समाजद्वारा गजलमा तेस्रो स्थान
• चिराङ लेखक मञ्चको कविता प्रतियोगितामा तेस्रो स्थान।
• साहित्यपोस्टद्वारा मुक्तकमा विजयी ।
भारत लगायत नेपालबाट कयौँपटक गजल, मुक्तक तथा कवितामा विजयी साथै अनेकौँ सम्मानपत्र औँ प्रमाणपत्र प्राप्त।
Post a Comment