खेल महारण २.० मा ऐश्वर्या छेत्रीले स्वर्ण पदक हासिल


खेल महारण २.० मा ऐश्वर्या छेत्रीले स्वर्ण पदक हासिल


२३ डिसेम्बर २०२४, शोणितपुर
नदुवार विधानसभा समष्टि स्तर खेल महारण २.० मा स्वर्ण पदक विजेता ऐश्वर्या छेत्रीलाई हार्दिक बधाई तथा शुभकामना! ऐश्वर्याले चेस खेलमा स्वर्ण पदक जित्दै आफ्नो क्षमता र मेहनतको उत्कृष्ट प्रदर्शन गरेकी छिन्। उनी आग्सु सभापति सुनिल छेत्री र अञ्जु छेत्रीकी सुपुत्री हुन्।

यस प्रतियोगितामा ऐश्वर्याले अत्यन्तै कुशलता र बुद्धिमत्ताका साथ खेल प्रदर्शन गर्दै विजयी हासिल गरेकी हुन्। यसअघि पनि उनले जिल्ला स्तरीय चेस प्रतियोगितामा सफलता प्राप्त गरिसकेको तथ्यले उनको खेलप्रतिको लगाव र प्रतिभा प्रस्ट पार्दछ।

ऐश्वर्याको यो सफलताले नदुवार क्षेत्रको खेलकुद क्षेत्रमा नयाँ उत्साह थपेको छ। साथै, यस उपलब्धिले युवा पुस्तालाई चेस तथा अन्य खेलकुदतर्फ प्रेरित गर्न महत्वपूर्ण भूमिका खेल्नेछ।

ऐश्वर्याको आगामी यात्राका लागि सफलताको कामना गर्दै, क्षेत्रीय स्तरमा मात्र नभई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पनि उनी थप उपलब्धिहरू हासिल गरून् भन्ने विश्वास लिइएको छ। नदुवार क्षेत्रले उनीजस्ता प्रतिभाशाली खेलाडी पाउनु गौरवको विषय हो।

0 Comments

Post a Comment

Post a Comment (0)

Previous Post Next Post