साहित्य अकादमी पुरस्कार घोषणा 2024 - सिक्किमका युवा बराललाई प्रदान गरिनेछ नेपाली भाषाको साहित्य अकादमी पुरस्कार

 

सिक्किमका युवा बराललाई साहित्य अकादमी पुरस्कार प्रदान गरिनेछ।

सिक्किमका साहित्यकार युवा बरालको छिचिमिरा कथा सङ्ग्रहलाई 2024-को साहित्य अकादमी पुरस्कार प्रदान गरिने भएको छ। साहित्य अकादमी पुरस्कार भारतको एक प्रतिष्ठित साहित्यिक सम्मान हो। यसलाई भारतको राष्ट्रिय साहित्यिक संस्था, साहित्य अकादमीले प्रत्येक वर्ष भारतीय संविधानको आठौँ अनुसूचीमा रहेका 22 भाषाहरूका साथै अङ्ग्रेजी र राजस्थानी भाषामा प्रकाशित उत्कृष्ट साहित्यिक कृतिहरूका लेखकहरूलाई प्रदान गर्ने गर्छ। यसलाई नेपाली भाषामा सिक्किमका साहित्यकार युवा बरालले उक्त पुरस्कार पाउने भएका छन्। उनको कृति छिचिमिरा (कथा सङ्ग्रह)-लाई यो पुरस्कार प्रदान गरिने भएको छ। साहित्य अकादमी पुरस्कारका लागि पुस्तकहरू भाषा विशेषका तीन सदस्यीय जुरीद्वारा पारित प्रक्रियाका आधारमा चयन गरिन्छ। उक्त प्रक्रियाअनुसार, कार्यकारी बोर्डले जुरीहरूद्वारा गरिएका सर्वसम्मत चयनहरू वा बहुमत मतदानबाट चयन गरिएका निर्णयहरूका आधारमा पुरस्कारहरू घोषणा गर्छ। पुरस्कार 8 मार्च 2025 मा नयाँ दिल्लीमा हुने पुरस्कार वितरण समारोहमा प्रदान गरिनेछ।

0 Comments

Post a Comment

Post a Comment (0)

Previous Post Next Post