मानसिरीमा गोर्खा उन्नयन परिषद्का अध्यक्ष प्रेम तामाङद्वारा विवाह भवनको शिलान्यास

 

मानसिरीमा गोर्खा उन्नयन परिषद्का अध्यक्ष प्रेम तामाङद्वारा विवाह भवनको शिलान्यास

- बालिपराबाट प्राञ्जलको रिपोर्ट KNSG Live

शोणितपुर जिल्लाको रंगापरा विधानसभा क्षेत्र अन्तर्गत पर्ने मानसिरी हरगौरी मन्दिर परिसरमा गोर्खा उन्नयन परिषद द्वारा १५ लाख रुपैयाँको लागतमा निर्माण हुने विवाह भवनको शिलान्यास गरियो। उक्त शिलान्यास असम सरकारको गोर्खा उन्नयन परिषद्का अध्यक्ष प्रेम तामाङले गरेका हुन्।

कार्यक्रमलाई सम्बोधन गर्दै तामाङले गोर्खा उन्नयन परिषद्  गोर्खा जातिको शिक्षा, स्वास्थ्य, जीवन कौशल विकास, साहित्य र संस्कृतिको प्रवर्द्धनका लागि विभिन्न प्रकारका योजनाहरू लागू गरिरहेको जानकारी दिनुका साथ, गोरखा जातिको विकासका लागि सरकारी सहयोग उपलब्ध गराएकोमा असमका मुख्यमन्त्री डा. हिमन्त विश्व शर्मालाई  धन्यवाद व्यक्त गर्दछन्।

कार्यक्रममा रंगापरा विधानसभा क्षेत्रका विधायक कृष्ण कमल ताती, मानसिरीको हरगौरी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तथा समाजसेवी शंकर क्षेत्री, साथै मानसिरी क्षेत्रका जनताको बाक्लो उपस्थिति रहेको थियो।

विशेष गरी, मानसिरी क्षेत्रमा विवाह भवनको निर्माणका लागि जनताले लामो समयदेखि माग गर्दै आएकाले गोर्खा उन्नयन परिषद्ले जनताको यस चाहनालाई साकार पार्दै विवाह भवनको निर्माण कार्य सुरु गरेको छ।



0 Comments

Post a Comment

Post a Comment (0)

Previous Post Next Post