गुवाहाटीमा ३ मार्चमा AAGSU को ऐतिहासिक आन्दोलन, GAC को माग बलियो रूपमा उठ्दै छ।
असमका गोर्खाहरूको पहिचान, अधिकार, र विकास सुनिश्चित गर्न अखिल असम गोर्खा छात्र संघ (AAGSU) केन्द्रीय समितिले ३ मार्चमा गुवाहाटीको ससलमा ऐतिहासिक आन्दोलन आयोजना गर्ने घोषणा गरेको छ। यस महत्त्वपूर्ण आन्दोलनमा Gorkha Autonomous Council (GAC) को मागलाई केन्द्रबिन्दु बनाइनेछ।
AAGSU ले वर्षौंदेखि असमेली गोर्खाहरूको सामाजिक, सांस्कृतिक, र राजनीतिक पहिचान स्थापनाका लागि संघर्ष गर्दै आएको छ। यस आन्दोलनले विशेष रूपमा गोर्खा स्वायत्त परिषद् (GAC) स्थापनाको मागलाई सशक्त बनाउने उद्देश्य लिएको छ। संघका नेताहरूका अनुसार, गोर्खा महाजातिले आफ्ना अधिकार र पहिचानका लागि एकताबद्ध भएर अघि बढ्नु आवश्यक छ।
गोर्खा जाति असमको एक अभिन्न अंग भए पनि लामो समयदेखि आफ्नो संवैधानिक पहिचान, भाषा, संस्कृति, र स्वायत्त शासनको अभावमा संघर्षरत छ। GAC स्थापनासँगै गोर्खा महाजातिले आफ्नो प्रशासनिक, सांस्कृतिक, र आर्थिक अधिकारहरू सुनिश्चित गर्न सक्नेछ। AAGSU को अनुसार, यो आन्दोलन गोर्खाहरूलाई असममा विधिवत रूपमा मान्यता दिलाउन, हक अधिकार सुरक्षित गर्न, र आत्मनिर्भर बनाउने अभियानको एक हिस्सा हो।
AAGSU को आह्वान – अब चुप लाग्ने समय होइन!
सम्पूर्ण गोर्खाली बुद्धिजीवी, युवा, विद्यार्थी, र नागरिक समाजलाई आन्दोलनमा सहभागी हुन आह्वान गरेको छ!
यस आन्दोलनले गोर्खा महाजातिको मागलाई राष्ट्रिय तथा राज्य सरकारको ध्यानाकर्षण गराउने विश्वास गरिएको छ। यस आन्दोलनले गोर्खा समुदायको भविष्यको दिशानिर्देशन गर्ने विश्वास गरिएको छ।
Joy gorkha
ReplyDeletePost a Comment