आग्सुको आह्वानमा GAC मागको धर्ना प्रदर्शनीलाई असम खस महासभाको पूर्ण समर्थन!

प्रेस वार्ता 
सांगठनिक अभिवादन! गोर्खाहरूको अस्तित्व, भाषा, संस्कृति र अधिकार सुनिश्चित गर्नको निम्ती अखिल असम गोर्खा छात्र संघ (AAGSU)द्वारा आउँदो ३मार्च २०२५,सोमबारको दिन गुवाहाटीमा आयोजना गरिने धर्ना केवल एक प्रदर्शन मात्र नभएर असममा गोर्खा जातिको लामो समय देखिको संघर्षको निरन्तरता हो। असम राज्यमा विभिन्न अन्य जातिहरूले आफ्नो–आफ्नो स्वायत्त परिषद पाइसकेको अवस्थामा गोर्खा जाति अझैपनि उपेक्षित छन् र यस धर्नारूपी आन्दोलनले अझ राज्य सरकारलाई गोर्खा जातिको मागप्रति गम्भीर हुन बाध्य पारोस यो हाम्रो चाहना हो। यस धर्ना केवल आग्सुका कार्यकर्ताहरूको मात्र आन्दोलन नभएर, यो सम्पूर्ण गोर्खा जातिको साझा आन्दोलन बन्न सकोस र असममा अब गोर्खा स्वायत्त परिषद (GAC)को स्थापना गोर्खाहरूका लागि अत्यावश्यक बनिसकेको छ। यो सर्वविदित नै भइसकेको छ र यो केवल प्रशासनिक स्वायत्तता मात्र होइन,यसले गोर्खाहरूको ऐतिहासिक पहिचानलाई संरक्षण गर्ने, सामाजिक-आर्थिक विकासलाई प्रवर्द्धन गर्ने र भावीपुस्ताहरूलाई सुरक्षित भविष्य प्रदानगर्ने महत्वपूर्ण आधारशिला बन्नसक्छ। तर सरकारले भने गोर्खाहरूको यो मागलाई बेवास्ता गर्दै आएकोछ र अब हामीले पनि आफ्नो हकका लागि ऐक्यबद्ध भइ दबाव सिर्जना गर्नु अनिवार्य देखिन्छ भनि असम खस महासभाको तर्फबाट उल्लेख गरिन्छ।

 यही कारण, यो आन्दोलन सम्पूर्ण गोर्खा जनताहरूको लागि महत्वपूर्ण छ तथा यस आन्दोलनलाई सफल बनाउन हरेक गोर्खाजनले आफ्नो आफ्नो ठाउँबाट योगदान दिनु उत्तिकै आवश्यक छ। तथा सरकार लाई दबाव सिर्जना गर्न विभिन्न माध्यमहरू प्रयोग गर्नुपर्ने सबै पक्षहरूको साझा सहयोगको खांचो अनिवार्य देखिन्छ।हामी एकभए मात्र हाम्रो आफ्नो प्राप्य हक अधिकारको निम्ती प्रभावकारी रूपमा लड्न सकिनेछ र यस धर्ना गोर्खाहरूको अस्तित्वको लागि निर्णायक बन्नपुग्छ भने GACको मागलाई पूरा गराउने मुख्य आधार भनेकै हाम्रो ऐक्यबद्धता हो भन्नेलाग्छ। यदि हामी सबै ऐक्यबद्ध भएर अघिबढ्यौं भने हाम्रो संघर्षले निश्चयपनि सफलता प्राप्त गर्नेछ अनि हामी गोर्खाहरूले आफ्नो पहिचान जोगाउन, आफ्नो अधिकार प्राप्त गर्न र आफ्नो भविष्य सुरक्षित गर्न हामी ऐक्यबद्ध भएर अघिबढ्नै पर्दछ र यो समयको माग हो भनि असम खस महासभाले आफ्नो बिचार राख्दछ। तसर्थ अखिल असम गोर्खा छात्र संघ(AAGSU)को आह्वानमा आउँदो अं. ३मार्च २०२५,सोमबारको दिन गोर्खा स्वायत्त परिषद (GAC) निर्णयको दावी गर्दै हुन गइरहेको धर्ना प्रदर्शन -अवस्थान धर्मघटलाई असम खस महासभा (AKM)को तर्फबाट पूर्णरूपले समर्थन जनाउदछौं। उक्तदिन AKMले सचल, गुवाहाटीमा GAC मागबारे जातीय अस्तित्वको निम्ती यस धर्ना प्रदर्शनीमा अंशग्रहण गर्नेबारे आज खस लगायत गोर्खा जनमानसमा यसै प्रेस विज्ञप्तिद्वारा सम्पूर्णमा जानकारी गराउन चाहान्छौं।

0 Comments

Post a Comment

Post a Comment (0)

Previous Post Next Post