विज्ञ कन्स्ट्रक्सनको मुख्य कार्यालय शुभ उद्घाटन

शोणितपुर जिल्लाको ठेलामारामा आज विज्ञ कन्स्ट्रक्सनको मुख्य कार्यालय शुभ उद्घाटन गरिएको छ।
उद्घाटन कार्यक्रमसँगै संस्थाको मोबाइल एप तथा हार्डवेयर स्टोरको पनि शुभारम्भ गरिएको छ।

नगाँव जिल्लाको धिङ निवासी अभियन्ता विराज क्षेत्रीको मेहनत र समर्पणबाट सन् २०२३ को मई महिनामा स्थापना भएको विज्ञ कन्स्ट्रक्सनले छोटो समयमै जनविश्वास जित्दै लोकप्रियता हासिल गर्न सफल भएको छ।
सन् २०२५ मा Reesel.in ले यस संस्थालाई “असमकै सबैभन्दा विश्वासिलो संस्था”को रूपमा सम्मानित गरेको थियो। गुवाहाटीमा आयोजित कार्यक्रममा उक्त सम्मान असमका जनप्रिय कलाकार Zubeen Garg को बाहुलिबाट उक्त सम्मान ग्रहण गरिएको थियो।
हालसम्म संस्थाले करिब ८० वटा आवासीय घर, व्यावसायिक प्रतिष्ठान लगायत विभिन्न निर्माण कार्य सफलतापूर्वक सम्पन्न गरिसकेको जानकारी प्राप्त भएको छ।

0 Comments

Post a Comment

Post a Comment (0)

Previous Post Next Post