सहयोगको निम्ति गुहार : गम्भीर रोगसँग संघर्षरत राजु उपाध्यायलाई आर्थिक सहयोग आवश्यक

सहयोगको निम्ति गुहार : गम्भीर रोगसँग संघर्षरत राजु उपाध्यायलाई आर्थिक सहयोग आवश्यक

गोलियामा अस्थायी रूपमा आफ्नी दिदीको घरमा बसोबास गरिरहेका राजु उपाध्याय गम्भीर रोगबाट पीडित भई उपचाररत रहेका छन्। लामो समयदेखि स्वास्थ्य समस्यासँग संघर्ष गरिरहेका उनको उपचारका लागि ठूलो आर्थिक भार आवश्यक परेकाले परिवारले सहयोगको अपिल गरेको छ।
आर्थिक अवस्था कमजोर भएका कारण उपचार खर्च जुटाउन कठिनाइ भइरहेको परिवारजनले बताएका छन्। चिकित्सकको सल्लाहअनुसार निरन्तर उपचार आवश्यक रहेकाले सहयोगी मन भएका व्यक्ति, संघ–संस्था तथा शुभेच्छुकहरूलाई सकेको आर्थिक सहयोग गरिदिन आग्रह गरिएको छ।

सानो सहयोगले पनि एक जीवन बचाउन ठूलो भूमिका खेल्न सक्छ।
सहयोग गर्न चाहनुहुन्छ भने यहाँ दिएको नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ।

0 Comments

Post a Comment

Post a Comment (0)

Previous Post Next Post