कारिबिल आञ्चलिक गोर्खा छात्र संघको आयोजनामा २६ जना मेधावी विद्यार्थीहरूलाई अभिनन्दन

गहपुर कारिबिलमा गोर्खा छात्र संघको आयोजनामा २६ जना मेधावी विद्यार्थीहरूलाई अभिनन्दन

अखिल असम गोर्खा छात्र संघको विश्वनाथ जिल्ला समितिअन्तर्गत कारिबिल आञ्चलिक समितिको आयोजनामा (HSLC) र (HS) परीक्षामा सन्तोषजनक सफलता हासिल गरेका २६ जना छात्र–छात्रालाई अभिनन्दन गरिएको थियो। कारिबिल उच्च माध्यमिक विद्यालयको सभागृहमा आयोजना गरिएको अभिनन्दन कार्यक्रममा गोर्खा छात्र संघ कारिबिल आञ्चलिक समितिका सभापति निर्मल विश्वकर्माले सभापतित्व गरेका थिए भने मूल सचिव विवेक उप्रेतिले सभा सञ्चालन गरेका थिए।
उक्त अनुष्ठानमा प्रमुख अतिथिका रूपमा अखिल असम गोर्खा छात्र संघ विश्वनाथ जिल्ला समितिका सभापति सुनील सुतार, उपसभापति तरुण पौडेल र सुर्य कार्की, मूल सचिव प्रकाश खनाल, असम गोर्खा सम्मेलन गहपुर जिल्ला समितिका उपसभापति नारायण गिरी, मूल सचिव जय दाहाल, सह–सचिव जीवन नेपाल लगायत शाखा समितिका नेतृत्वहरू दीपक शर्मा, राजु क्षेत्री, हेम चौहान, दुर्गा अधिकारी, आगसु विश्वनाथ जिल्लाका सचिव नवदीप क्षेत्री, लोहित क्षेत्री, शिक्षा सचिव नुमल भट्टराई, खेलकुद सचिव चिन्मय रिजाल, विश्वनाथ सदर आञ्चलिक समितिका सभापति पवन क्षेत्री, साथै विशेष अतिथिका रूपमा कारिबिल उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक इन्द्रबहादुर क्षेत्री, श्रीमन्त शंकरदेव एकेडेमीका व्यवस्थापक सुरज सुवेदी, ग्लोबल इन्स्टिच्युट अफ कम्प्युटर एजुकेसन, काउरीपथार शाखाका निर्देशक केशव पाण्डे, कारिबिल गाउँ पंचायतकी सभापति देवका देवी आदिको उपस्थिति रहेको थियो।
उक्त अभिनन्दन कार्यक्रमले विद्यार्थीहरूमा आत्मविश्वास अभिवृद्धि गर्नुका साथै समाजमा शिक्षा र उत्कृष्टताको भावना प्रवर्द्धन गर्ने उद्देश्य राखिएको थियो।

0 Comments

Post a Comment

Post a Comment (0)

Previous Post Next Post