एकजना अगोर्खे कलाकार पवित्र भुयाँले गोर्खाली गीतमार्फत दर्शकमाझ लोकप्रिय बन्दै आएका छन्।
असमका प्रतिभाशाली कलाकार पवित्र भुयाँ यतिबेला गोर्खाली गीतको सुमधुर प्रस्तुति मार्फत विभिन्न सांस्कृतिक मञ्च र सामाजिक सञ्जालमा व्यापक प्रशंसा बटुलिरहेका छन्। भाषिक तथा सांस्कृतिक विविधतालाई आत्मसात् गर्दै उनले गोर्खाली गीतहरूलाई आफ्नै शैलीमा प्रस्तुत गरी दर्शक तथा श्रोताको मन जित्न सफल भएका छन्।
पवित्र भुयाँले "माया नै माया छ तिम्रो नाउँमा", "मखमली चोलीमा लुकाउने", "तुलसी आँगनमा रोपौँला", "तिम्रो घरको ओरिपरि" लगायतका चर्चित कभर गीतहरू आफ्नै शैलीमा प्रस्तुत गर्दै आएका छन्। यसका साथै झ्याउरे, आधुनिक तथा लोकभाकाका विभिन्न गोर्खाली गीतहरू पनि उनी उत्तिकै मिठासका साथ गाउने गरेका छन्।
उनको प्रस्तुति केवल मनोरञ्जनमा मात्र सीमित नभई गोर्खाली भाषा, संगीत र संस्कृतिप्रतिको सम्मान तथा सद्भावको सन्देश पनि बनेको छ। यहीँ कारण विभिन्न सांस्कृतिक कार्यक्रमहरूमा उनको माग बढ्दै गएको आयोजकहरूले बताएका छन्।
तीज, दशैँ, तिहार तथा अन्य सांस्कृतिक एवं सामाजिक समारोहमा पवित्र भुयाँको सांगीतिक प्रस्तुति प्रतक्ष रूपमा उपभोग गर्न चाहनुहुन्छ भने 9101283963 नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ।
Post a Comment